latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज १६, २०८२

काठमाडौं — उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध संसददेखि मिडियासम्म खुलेर आवाज उठाउँदै आएका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा अहिले आफैं संसदीय छानबिनको घेरामा परेका छन्।

संघीय निजामती सेवा विधेयकमा देखिएको गम्भीर त्रुटिको जिम्मा खतिवडा स्वयंमाथि आएको छ। संसदीय छानबिन विशेष समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहर गर्दै सर्वसम्मत प्रतिवेदन तयार पारेको हो।

राज्य व्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयकमा ‘कुलिङ पिरियड’ निष्क्रिय बनाउने भाषा प्रयोग भएको भन्दै विवाद चर्किएको थियो। विवादपछि गठित सात सदस्यीय छानबिन समितिले विधेयक प्रतिवेदनमा भएको गल्तीमा खतिवडाको नैतिक जिम्मेवारी रहेको ठहर गरेको हो।

प्रतिवेदनमा उल्लेख छ कि यदि खतिवडा र सचिव सुरजकुमार दुराले आचरण अनुसार काम गरेका भए, यस्तो त्रुटि हुन्थेन। प्रतिनिधिसभामा पेश भएको विधेयकमा दुबैको हस्ताक्षर रहेको हुँदा उनीहरूको नाम स्पष्ट रूपमा किटान गरिएको छ।

यसअघि पत्रकार सम्मेलन गर्दै खतिवडाले भनेका थिए, “यदि मेरो संलग्नता प्रमाणित भए, म जस्तोसुकै सजाय भोग्न तयार छु।” अहिले त्यही संलग्नता प्रमाणित भइसकेको छ।

खास कुरा के हो भने, रवि लामिछानेविरुद्ध संसदमा सबभन्दा चर्को स्वरमा बोल्ने खतिवडा आफैं विवादित विधेयकका मुख्य हस्ताक्षरकर्ता रहेको तथ्यले जनमानसमा ठूलो विरोध निम्त्याएको छ। लामिछानेविरुद्ध बोल्दा ‘शुद्धाचार’को भाषण दिने खतिवडा आफैं विधेयक त्रुटिमा मुछिनु विडम्बना बनेको छ।

प्रतिवेदनले मुख्य सचिवको भूमिकामा पनि प्रश्न उठाएको छ, तर उनको नाम भने प्रतिवेदनमा उल्लेख गरिएको छैन।

छानबिन समितिका एक सदस्यका अनुसार, “राजनीतिक पदाधिकारीहरू राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने भएकाले खतिवडा र दुरालाई प्रतिवेदनमा नामसहित उल्लेख गरिएको हो।”

अब प्रतिक्षा गरिएको छ — खतिवडाले आफूले भनेअनुसार ‘जस्तोसुकै सजाय’ स्वेच्छाले स्वीकार्ने कि अझै पनि ‘नैतिकताको भाषण’मै अडिरहने? खतिवडा तिनै व्यक्ति हुन् रबि लामिछानेको सहकारी प्रकरण चर्को आवाजमा संसदभित्र बोल्ने गरेका थिए भने अंतर्बर्तामा समेत उनि रविको बिरुद्द खुलेरै बोल्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय