latest
सोमबार , भाद्र १६, २०८२

मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका सञ्चालन समितिका सदस्य रामहरि सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले सिलवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय सुनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए।

धरौटीमा रिहा भएका सिलवाल चितवनको नेकपा एमालेमा सक्रिय छन् भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का उपाध्यक्ष समेत हुन्।

यसअघि शुक्रवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सहकारीका अध्यक्ष अशोक केसीलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको थियो।

पाँच करोड ९० लाख ८४ हजार रुपैयाँभन्दा बढी रकम हिनामिनाको उजुरीपछि प्रहरीले व्यापक अनुसन्धान गरी अध्यक्ष केसीसहित २३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। रकम हिनामिनापछि फरार रहेका अध्यक्ष केसी र सिलवाललाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेर अदालतमा पेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय