latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बुधबार , अषोज १, २०८२

काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहको भर्खरै सार्वजनिक जुम्ला भ्रमणसम्बन्धी भ्लग भाइरल बनिरहेका बेला, माओवादीकी समानुपातिक सांसद छिरिङ ल्हामु लामाले त्यसप्रति कडा आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले राजसंस्थाको विगत, शोषण र अत्याचारको इतिहास उठाउँदै भ्लगमाथि मात्र होइन, हृदयन्द्र शाहको जन्म र वंशमाथि समेत अशिष्ट भाषामा आक्रमण गरेकी छन्।

“उसको पूरै वंश जिजुबाजेहरूले देशलाई कंगाल बनाउने गरी लुटे,” लामाले लेखेकी छन्, “विदेशमा दरबारको धनले ऐशआराम गरिरहेको, भोटे कुकुरको छाउरा जस्तै साँढे प्रवृत्तिले जुम्ला चिनाउन पर्छ र?”

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आइरहेका छन्। धेरैले लामामाथि जातीय विभेद फैलाउने भाषा प्रयोग गरेको भन्दै आलोचना गरेका छन्।

सांसद लामाको भनाइमा हृदयन्द्रको जुम्ला भ्रमण एउटा ‘स्टन्ट’ मात्र हो। उनी लेख्छिन्:

“राजतन्त्रका सामन्ती राजाले नेपाली जनतालाई दोहन गरे। एउटा भ्लगले त्यो रिन तिर्न सक्दैन।”

सांसद लामाले हृदयन्द्रको भ्लगको प्रशंसा गर्ने मिडिया र दर्शकमाथि पनि प्रश्न उठाएकी छन्। उनका अनुसार, “राजसंस्थाकै नातिको भ्लग हो भन्ने नाताले मात्र त्यसले मुख्य समाचार बन्नु अनुचित हो।”

लामाको स्टाटसमा अप्रत्यक्ष रूपमा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीलाई पनि लक्षित गरिएको देखिन्छ। उनले लेखेकी छन्:

“केही युट्युबर र सामाजिक अभियन्तामा लगानी गरेर सामन्ती सोच पुनर्स्थापित गर्ने प्रयास भइरहेको छ। एक जनालाई त संसदभित्रै भित्र्याइसके… जो आज अराजकता मच्चाउन राजा र गणतन्त्र दुवैको दाना पानीमा उफ्रिरहेको छ।”

पूर्वनवयुवराज हृदयन्द्रले सार्वजनिक गरेको जुम्ला भ्रमणको भ्लगमा उनी स्थानीय बासिन्दासँग घुलमिल, हिमाली परिवेशमा रमाइरहेका, तथा जुम्लाको प्राकृतिक सौन्दर्यमा लोभिएका देखिन्छन्। धेरैले उनको व्यवहारको खुलेर प्रशंसा गरेका छन्।

तर सांसद लामाले भने यसलाई “संवेदनशील इतिहासमाथि पुनः सामन्ती सौन्दर्य चित्रण गर्ने प्रयास” भनेर व्याख्या गरेकी छन्।

एक सामान्य यात्राभित्र लुकेको राजनीतिक द्वन्द्व, पुरानो इतिहासको भार, र आजको नेपालको पहिचानमाथि उब्जिएको बहस अहिले सामाजिक सञ्जालदेखि संसदसम्म तातिएको छ।

हेर्नुस् लामाको स्टाटसको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय