पाँचथरको फिदिम नगरपालिका–१, नाम्दुमा बुधबार राति घरेलु हिंसाले ज्यान लिने भयावह रूप लिएको छ। पारिवारिक विवादका क्रममा २२ वर्षीया अनु राईको आफ्नै श्रीमान् २७ वर्षीय महेन्द्र तामाङको कुटपिटबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबार राति करिब १० बजेतिर तामाङले राईमाथि कोदालोको पासो प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल जिल्ला अस्पताल पाँचथरमा पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि झापाको बीएण्डसी अस्पताल, बिर्तामोड रिफर गरिएकी राईलाई आज बिहीबार बिहान ४:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि फरार भएका महेन्द्र तामाङलाई प्रहरीले फिदिम नगरपालिका–६ स्थित गोलेगाउँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कैशल कुमार बुढाथोकीका अनुसार वैदेशिक रोजगारीका लागि प्रयासरत तामाङको योजना असफल भएपछि उनी केही दिनअघि मात्रै ससुराली फर्किएका थिए। फर्किएलगत्तै श्रीमतीसँग सम्बन्ध तनावपूर्ण बनेको र त्यसकै परिणतिमा घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय