latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

बैतडी — “स्वास्थ्यकर्मी भगवान् हुन्” भन्ने उखान बैतडीको सिगास गाउँपालिका–४ स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी (ANM) जानकी पुजाराले चरितार्थ गरिदिएकी छन्।

२० वर्षीया लक्ष्मी धामी सुत्केरी बेथाले च्यापिएपछि सासूको सहारामा दुई घण्टा हिँडेर उक्त केन्द्र पुगिन्। स्वास्थ्यका सूचकहरू सामान्य देखिए पनि बच्चा जन्मिने बेलामा गाह्रो भयो। राति साढे ९ बजे उनले छोरी जन्माइन्, तर नवजात शिशुमा कुनै प्रतिक्रिया थिएन—न रोएको, न हातखुट्टा चलाएको।

स्वास्थ्य केन्द्र दुर्गममा रहेको, प्रविधि र सुविधा सीमित। तर जानकीले हिम्मत हारिनन्। उनले बच्चालाई जोगाउन तत्कालै कृत्रिम श्वास दिन थालिन्—अविराम ६ घण्टासम्म।

बिहान साढे ३ बजेतिर बच्चाले रोयौं, हातखुट्टा चलायो। त्यो पल जानकी र आमाका लागि केवल खुशीको मात्र होइन, आशुको पनि क्षण बन्यो।

जानकी भन्छिन्, “शिशुको छाती अलिक फुल्न थालेपछि म अझ उत्साहित भएँ। बालक रोएको सुनेपछि भने जीवनकै ठूलो सफलता महसुस गरें।”

त्यसपछि शिशुलाई हेलिकप्टरमार्फत ठूला अस्पताल लैजाने पहल भयो। यद्यपि राति भएकाले ढिलो हुन गयो। बिहानसम्म बच्चालाई जोगाउनैपर्छ भन्ने संकल्पले उनले त्यो रात निन्द्राविना बिताइन्।

अहिले आमा र बच्चा दुबै घरमै छन् र स्वास्थ्य अवस्था सामान्य छ। जानकीले भनेकी छन्, “बच्चालाई बचाउन सक्नु मेरो जीवनकै ठूलो सफलता हो।”

जानकीको योगदान सामाजिक सञ्जाल हुँदै मन्त्रालयसम्म पुग्यो। बुधवार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले व्यक्तिगत रूपमा फोन गरी बधाई दिए। “देशलाई तपाईंजस्ता स्वास्थ्यकर्मीको आवश्यकता छ,” मन्त्री पौडेलले भने।

फोन पाउँदा उनी अचम्ममा परिन्। “सपना जस्तै लाग्यो”, जानकी भन्छिन्। अब उनी थप जनशक्ति र स्रोतसाधन उपलब्ध गराउन सरकारसँग आग्रह गर्न चाहन्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय