latest
हृदयन्द्रलाई भोटे कुकुरको छाउरो भन्दै गाली गरिन जुम्लाकी माओवादी सांसदले  ||    एउटी हुँदाहुँदै अर्की बिहे गर्न पाइने कानुन प्रस्ताव गर्दै सरकार  ||    सुटबुटमा सजिएर कोदो रोप्दै कृषिमन्त्री अधिकारी  ||    राति ११:३० बज्दा टोली होटल बाहिर पुगिसकेको थियो, होटल भित्र…  ||    बुधबार राति करिब १० बजे २२ वर्षीया श्रीमतीको हत्या  ||    चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद  ||    बिहान पशुपतिमा पैसा बाँडे, साँझ प्रहरी फन्दामा परे, टिकटकमा यस्तो भिडियो हालेपछि निगरानीमा थिए चक्रे  ||    चक्रे मिलनलाई हिजो पक्राउ नगरेको भए एलओडीमा हुन सक्थ्यो ठुलो झडप  ||   
शुक्रबार , साउन १७, २०८२

गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार बिहान सानुभाइसहित ३ जना ठमेलको नर्सिङचोक स्थित नगरकोट दोहोरी साँझबाट पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा उनीसहित नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका ३० वर्षीय रविन्द्र गुरुङ र पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० घर भएका २६ वर्षीय दिल कुमार तुम्बापो छन् ।

सानुभाइ नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ का स्थानीय हुन् । उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार, युवराज गुरुङ ‘सानोभाइ’ को आपराधिक गतिविधिहरू लामो समयदेखि जारी छन्। प्रहरी रेकर्डअनुसार उनी पूर्व गुण्डा नाइके कुमार घैंटेको समूहका सक्रिय सदस्य थिए। घैंटे २०७२ भदौ ३ मा प्रहरीले मुठभेडमा मारिएपछि पनि ‘सानोभाइ’को गतिविधिमा कुनै कमी आएको थिएन।

गुरुङले बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्ने गरेका थिए। प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २०७२ पुस २५ मा सानोभाइ नुवाकोटबाट २८ बोर रिभल्भर र गोलीसहित बुलेट प्रुफ ज्याकेट लगाएको अवस्थामा पक्राउ परेका थिए। उनी पटक–पटक कुटपिट, असुली र हातहतियार मुद्दामा पक्राउ परे पनि चाँडै रिहा हुने क्रम जारी छ।

गत वर्ष २०८० असारमा ठमेलस्थित ओम्निया क्लबका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेपछि पनि उनीलाई १० हजार रुपैयाँ धरौटीमा छुटाइएको थियो। यसअघि उनी २०६७ कात्तिक ७ मा धारिलो हतियार प्रहार र २०७७ कात्तिक २६ मा पेस्तोल देखाएर कुटपिट गर्नेमध्ये पनि छन्।

प्रहरी अधिकारीहरूका अनुसार, ‘सानोभाइ’ बारम्बार पक्राउ परे पनि छिट्टै छुट्ने कारण उनका राजनीतिक दलका उच्च पदस्थ नेताहरूसँग निकटता हो। विशेष गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग उनको घनिष्ट सम्बन्धले यसमा भूमिका खेलेको जनाइन्छ। २०७७ फागुन ७ गते नुवाकोटमा भएको बीपी स्मृति भवन उद्घाटन समारोहमा ‘सानोभाइ’ले आफ्नो खर्चमा गगन थापालाई हेलिकोप्टरमार्फत लगाएको घटना पनि यो सम्बन्धलाई पुष्टि गर्ने मुख्य उदाहरण हो।

यस राजनीतिक संरक्षणकै कारण ‘सानोभाइ’जस्ता व्यक्तिहरूले बारम्बार सजिलै उन्मुक्ति पाएको र आपराधिक गतिविधि बढेको कुरा सामाजिक रुपमा जनधारणा बनिरहेको छ। यस्ता घटनाले न्यायप्रति जनविश्वास घटाउने र कानूनी प्रणाली कमजोर हुने जोखिम बढेको जानकारहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय