बिहिबार , साउन १६, २०८२

काठमाडौंको माइतीघर मण्डलामा असार ७ गतेको दिन। भीडभाडमा एउटी वृद्धा महिलाले आफ्नो चस्मा मिलाउँदै हस्ताक्षर गरिन् र भनिन्, “यो मान्छे साँचो बोल्छ। म उसैको पक्षमा छु।” त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवस मात्र थिएन, पार्टी सभापति रवि लामिछानेप्रति ऐक्यबद्धताको एक ऐतिहासिक दिन पनि बन्यो।

साना छाप्रामा बनाइएका बुथहरूमा लाइन लागेर मानिसहरू हस्ताक्षर गर्न आइपुगिरहेका थिए। ट्याक्सी चालकदेखि दृष्टिविहीनसम्म, किरियापुत्रीदेखि कलाकारसम्म, सबै एउटै आवाजमा भन्दै थिए—“रवि लामिछानेमाथि भएको आक्रमण राजनीतिक प्रतिशोध हो।”

पार्टीका नेता–कार्यकर्ता लामिछानेले स्थापना दिवसमा जारी गरेको अपिल बोकेर गाउँ–सहर डुलिरहेका छन्। अभियानका संयोजक दीपक बोहरा भन्छन्, “मान्छेहरू आफैं बुथसम्म आइरहेका छन्। कतिपय त घरबाटै आफन्तलाई बोलाएर हस्ताक्षर गराउँदै छन्।”

हस्ताक्षर अभियानले अहिले सम्म ३० लाखभन्दा बढी प्रत्यक्ष ऐक्यबद्धता बटुलिसकेको छ। अझै घरघरमै संकलन गरिएको हस्ताक्षर गणना गर्न बाँकी छ।

सामान्य राजनीतिक कार्यक्रमजस्तो लाग्न सक्ने यो अभियान, व्यवहारमा भने एउटा स्वतःस्फूर्त आन्दोलनझैं फैलिएको छ।

हातमा कलम, अनुहारमा आस्था, र मनमा समर्थन लिएर उभिएका मानिसहरू भन्छन्—“हामी रविको साथमा छौं।”

रास्वपाले शुरुमा अभियानलाई ३ महिना चलाउने योजना बनाएको थियो। तर दसैँ–तिहारसम्म लम्ब्याउने तयारी भइरहेको छ। कारण स्पष्ट छ—समर्थनको लहर बगिरहेकै छ।

७७ वटै जिल्लाका टोल, वडा र गाउँसम्म पुगेको अभियान अब एक हस्ताक्षर अभियान मात्रै रहेन। यो राजनीतिक दबाबको संकेत मात्र होइन, जनमत निर्माणको संकेत हो।

यसले देखाएको छ—राजनीति फेरिने जनअपेक्षाको बाढी अझै थामिएको छैन।र त, माइतीघरबाट सुरु भएको एउटा ‘कलमले गरेको समर्थन’ अहिले जनसागर बनिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय