
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति विपिन पौडेलको ५१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। पौडेलको निधन मंगलबार राति सिंगापुरतर्फ जाँदै गर्दा क्रुजमै भएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
पार्टीले दिएको जानकारीअनुसार, पौडेल चेन्नईबाट परिवार र साथीहरूका साथ सिंगापुर जाँदै गर्दा क्रुज जहाजमै अचानक हृदयघात भई निधन भएको हो। पौडेलको पार्थिव शरीर भोलि नेपाल ल्याइने तयारी भएको पनि पार्टीले जनाएको छ।