latest
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री  ||    रामहरिलाई प्रधानमन्त्रीको जवाफ- सबै जिल्ला सदरमुकाममा पक्की बाटो पुर्‍याउँछु  ||    कांग्रेस-एमाले गठबन्धनको औचित्य सकियो, समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव  ||    वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सेवामा जोड  ||    रास्वपाबारे प्रचण्डले भने– अहिले कुनै टिप्पणी गर्दिन, पछि सबै थाहा पाउँछ  ||    आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री  ||    प्रचण्डले भने– रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छु  ||    Breaking: कोरोना संक्रमणबाट १ जनाको मृत्यु  ||   
मंगलबार , असार १०, २०८२

काठमाडौँ । भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ । भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको सतलज जलविद्युत निगमले जानकारी दिएको हो ।

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजना नेपालको सङ्खुवासभा जिल्लामा निर्माण हुने छ । यसका चार युनिट हुने छन् । प्रत्येक युनिटको क्षमता १६७.२५ मेगावाट हुनेछ ।

यो आयोजना नेपालको संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने छ । तल्लो अरुण जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाभन्दा तल्लो क्षेत्रमा निर्माण हुने छ । अरुण तेस्रो निर्माणको जिम्मा पनि सतलजले नै पाएको थियो ।

२०७७ माघ १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतको सतलजलाई दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण–बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको थियो ।

सतलज जलविद्युत निगम (एसजेभीएन) भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय