बिहिबार , साउन १६, २०८२

आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा बन्द भएको छ ।

आज ३२७ कम्पनीकाे शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोडमाथिको शेयर कारोबार भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ ।


आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय