
रसुवाको ल्हेन्दे खोलामा बाढी आएको छ । गोसाइकुण्ड गाउँपालिकास्थित ल्हेन्दे खोलामा चीनमा परेको पानीका कारण बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा बगाएको छ ।
“अहिले पनि बाढीको सतह उच्च रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिन्छ,” प्राधिकरणले भनेको छ, “खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता कार्य नगर्न आग्रह छ ।”
यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदा ठूलो परिमाणमा जनधनको क्षति भएको थियो ।