पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मा अब कुनै पनि व्यक्तिले विवाह गर्नुअघि वडाको स्वीकृति लिनैपर्ने भएको छ।

बालविवाह नियन्त्रण गर्ने उद्देश्यले मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।

वडाध्यक्ष मुखियाका अनुसार, “२० वर्ष नपुगी विवाह गरेमा कारबाही हुनेछ। विवाह गर्न चाहने केटा र केटी दुवैले उमेर पुगिसकेको प्रमाणसहित वडाबाट अनुमति लिनुपर्नेछ।”

अनुमति बिना गरिने विवाहलाई अवैधानिक मानिने र त्यसमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

बैठकले बालविवाह जस्ता कुप्रथाको अन्त्यका लागि वडाभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। यस निर्णयमा वडाध्यक्ष मुखियासँगै वडा सदस्यहरू मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनको पनि सहमति रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय