मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध बलात्कारसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ।

झामाथि एक युवतीलाई घरमा बोलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडितले नाम गोप्य राख्दै गत माघ ३ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन्। उक्त जाहेरीका आधारमा झा साउन ४ गते पक्राउ परेका थिए।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ को कसुरअन्तर्गत झाविरुद्ध ७ वर्षदेखि १० वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ। साथै, उपदफा ३(क) खण्ड (ग) अनुसार ३ लाख रुपैयाँ जरिवाना समेत माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय