latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
सोमबार , भाद्र ३०, २०८२

गत वर्षको तीजमा सार्वजनिक भई सामाजिक सञ्जालमा आलोचना र प्रशंसाको भुमरीमा परेको चर्चित गीत ‘बिस्ताराले पोल्यो’ को दोस्रो भाग ‘बिस्ताराले पोल्यो २: खान्याइदेऊ पनि’ सार्वजनिक भएको छ।

गीतका गायक तथा सर्जक हरि गिरी विमर्शीको प्रस्तुति रहेको यो गीतमा उनलाई गायिका एलीना चौहानले साथ दिएकी छन्। गीतका शब्द, संगीत र सम्पूर्ण अडियो निर्माणमा गिरी स्वयं सक्रिय रहेका छन्।

संगीत संयोजन, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका छन् भने रेकर्डिस्टको रूपमा राज खड्का रहेका छन्।

गीतको भिडियोमा निर्देशक तथा कोरियोग्राफर रामजी लामिछाने, सह-नृत्य निर्देशक नाम्गेल लामा ‘टाइगर’, छायांकनमा अजय रेग्मी, सम्पादनमा वन्दे प्रसाद, र कलरमा राजेन्द्र मोक्तान रहेका छन्।
संचिता बोलाखे र रमेश विश्वकर्मा मुख्य भूमिकामा देखिएका छन्। मेकअप तथा हेयर डिजाइन सरोज बुढाथोकी र मेघा शाही सापकोटाले सम्हालेका छन्।

गत वर्षको पहिलो भागबाट मोडल संचिता बोलाखेले उल्लेखनीय पहिचान बनाएकी थिइन्। कुरा त गरिन्छ, आलोचना पनि गरिन्छ तर चर्चाको शिखर चढ्न सफल गीत हो यो भन्ने तर्क निर्माण पक्षको छ।

यस वर्ष सार्वजनिक भएको दोस्रो भागले पनि छोटो समयमै दर्शकको ध्यान खिचिरहेको छ। सामाजिक सञ्जालमा पुनः गीतको शब्द र प्रस्तुति चर्चामा छ। कतिपयले गीतलाई लोकप्रिय र मनोरञ्जनात्मक मानेका छन् भने केहीले यसलाई विवादास्पद र दोहोऱी संस्कृतिमा पातलो स्वाद ल्याउने प्रयास भएको भन्दै आलोचना गरिरहेका छन्।

निर्माण टिमले आगामी तीजमा ‘बिस्ताराले पोल्यो ३’ ल्याउने घोषणा गरिसकेको छ। अब हेर्न बाँकी छ, तेस्रो संस्करण कस्तो बनाउँछ—समर्थन बटुल्ने कि विवादै विवाद जन्माउने? भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय