latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सुनकोशी गाउँपालिकास्थित बीपी राजमार्गमा यात्रु ठग्ने गोटी खेल गिरोह सक्रिय भएको खुलासा भएको छ। होटल छेउमा गोटी खेलाउँदै यात्रुहरूलाई झेली ठगी गर्ने गतिविधि बढेपछि स्थानीयवासी आक्रोशित भएका छन्।

स्थानीयका अनुसार पूर्वबाट आएको हाईसका यात्रुहरू केही दिनअघि साइटारस्थित एक होटलमा झर्दा उनीहरूलाई होटलबाहिर गोटी खेल्न आकर्षित गरिएको थियो। खेलको सुरुवातमा जिताउने र पछि मिलेमत्तोमा हराएर यात्रुहरूको पैसा ठगिने गरिएको उनीहरूको भनाइ छ।

त्यस दिन यात्रुले आफैंलाई गिरोहले मिलेमत्तोमा हराएको महसुस गरेपछि होटल बाहिर झगडा समेत भएको थियो। अवस्था बिग्रँदै जाँदा प्रहरी आएर हस्तक्षेप गरेपछि यात्रुको पैसा फिर्ता गरिएको थियो। स्थानीयको दाबीअनुसार केही होटल व्यवसायीसमेत गिरोहसँग मिलेका छन्।

एक प्रत्यक्षदर्शीका अनुसार, गोटी खेल्दा एक यात्रुले ५ हजार रुपैयाँ गुमाएका थिए। गाडि भाडा पनि तिर्न नसक्ने अवस्थामा पुगेका उनी अलपत्र परेका थिए।

स्थानीयले दिएको जानकारी अनुसार गोटी खेलाउने गिरोहका सदस्यहरू ३ वटा मोटरसाइकलमा ६ जना अपरिचित युवाहरू हुन्। यिनीहरू नियमित रूपमा यात्रुहरूको भीड हुने ठाउँमा देखिने गरेका छन्।

यात्रु ठगीका घटनाले क्षेत्रको बदनाम गरिरहेको भन्दै स्थानीयले प्रशासनलाई तत्काल हस्तक्षेप गर्न माग गरेका छन्।

नेपालको कानुनअनुसार पैसामा गोटी खेलाउनु गैरकानुनी हो। तर पनि खुलेआम होटल छेउमै यस्तो अवैध क्रियाकलाप हुँदै आएकाले प्रहरी प्रशासनको भूमिका शंकास्पद देखिएको स्थानीयको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय