latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

धनुषामा सोमबार राति एक दर्दनाक घटना घटेको छ। एकजना व्यक्तिले त्यो पनि विगतमा आफ्नै श्रीमतीको हत्या गरेर जेल बसिसकेका व्यक्तिले फेरि एकपटक निर्दोष ज्यान लिएका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति करिब साढे ११ बजेतिर एकाएक तर्साउने चिच्याहट सुनियो। शान्त रात एकाएक तातियो जब रामबाबु साह नामका एक पुरुषले खुकुरी बोकेर आक्रमण गरे।

ती रामबाबु साह– धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका बासिन्दा, जो केही वर्षअघि आफ्नै श्रीमतीको हत्या गरेर जेल सजाय भोगिसकेका थिए। पाँच वर्षको जेल जीवनपछि रिहा भएका उनी, अहिले फेरि एक निर्दोष ज्यानको काल बने।

यस पटक उनको निशाना बनिन् — १४ वर्षीया अञ्जलीकुमारी यादव। जनकपुरको एक डेरामा परिवारसहित बस्दै गरेकी ती बालिकालाई उनले निर्दयतापूर्वक खुकुरीले प्रहार गरे। घटनास्थलमै उनको मृत्यु भयो।

त्यसपछि आक्रमण भयो अञ्जलीकी आमा, ३५ वर्षीया आशा यादवमाथि। उनको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। अझै पनि अस्पतालमा उनको जीवन मरणको सङ्घर्ष चलिरहेको छ।

त्यही घरमा डेरा गरेर बसिरहेकी अर्को किशोरी, १४ वर्षीया राधा यादव पनि खुकुरीको चपेटामा परिन्। उनको हात र खुट्टामा गहिरो चोट लागेको छ। चिकित्सकहरूका अनुसार, अवस्था गम्भीर भए पनि ज्यान जोगिएको छ।

प्रहरीका अनुसार रामबाबु साह मानसिक रूपमा असन्तुलित हुनसक्ने अनुमान गरिएको छ, तर घटना नियोजित हो वा आकस्मिक — त्यसबारे अनुसन्धान जारी छ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिएकी छन्, “उनी अहिले फरार छन्। सीमाना नाकामा कडाइ गरिएको छ र खोजी कार्य तीव्र पारिएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय