latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

अमेरिकाको न्यूयोर्क शहरको म्यानह्याटनस्थित मिडटाउन क्षेत्रमा सोमबार राति भएको गोलीकाण्डमा एक प्रहरी अधिकृतसहित चार जनाको मृत्यु भएको छ।

घटना ३४५ पार्क एभेन्यू मा अवस्थित ६३४ फिट अग्लो गगनचुम्बी भवनभित्र भएको हो। यही भवनमा नेशनल फुटबल लिग (NFL) र ब्ल्याकस्टोन जस्ता प्रतिष्ठित कर्पोरेट अफिसहरू रहेका छन्।

न्यूयोर्क प्रहरी विभागका अनुसार संदिग्ध आक्रमणकारी २७ वर्षीय युवक हुन्, जसको स्थायी ठेगाना लस भेगास रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले सार्वजनिक गरेको एक फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र पसेको देखिन्छन्। गोली प्रहारपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका थिए।

प्रहरीले घटनास्थलमा तुरुन्तै पुगेर अवस्था नियन्त्रणमा लिएको थियो। तर उक्त हमलामा एकजना प्रहरी अधिकृतसहित अन्य तीन व्यक्तिको ज्यान गएको पुष्टि गरिएको छ।

घटनाको अनुसन्धान जारी छ भने मृतकहरूको विस्तृत पहिचान सार्वजनिक गरिन बाँकी छ।

‘गन भायोलेन्स आर्काइभ’ का अनुसार, यो अमेरिका भित्र सन् २०२५ को २५४ औं सामूहिक गोलीकाण्ड हो। यस्ता घटनाले अमेरिकामा हतियार नियन्त्रण सम्बन्धी बहसलाई फेरि सतहमा ल्याएको छ।

थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय