latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका उर्मिला हायूको परिवार अन्ततः पोखरामा फेला पर्यो । एकै परिवारका १६ जना बेपत्ता भएको खबर सोमबार बिहान बाहिरिएसँगै खोजीमा जुटेको प्रहरी टोलीले उनीहरूलाई पोखराको गगनगौँडामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, पोखरा महानगरपालिका–३० स्थित स्थानीय चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा उनीहरू बाँडिएर बसेको अवस्थामा भेटिएका हुन्।

शुक्रबार घरबाट निस्केका उनीहरू शनिबार नै पोखरा पुगेका थिए। सो दिन उनीहरूले लेकसाइडस्थित होटल जननीमा तीनवटा कोठा लिएर एक रात बिताएको होटल सञ्चालक सुनिल भूर्तेलले जानकारी दिए। आइतबार बिहान उनीहरू होटलबाट निस्किएका थिए।

हायू परिवार सोमबार साँझ गगनगौँडामा फेला परेपछि अहिले इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा राखिएको छ। प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ।

प्रहरीका अनुसार, परिवारका सबै सदस्यहरू पोखरा आफूखुसी आएको र अब सिन्धुली फर्कन नचाहेको बताएका छन्। घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूलेथाकथालो छोडेको बताएका छन् ।
“हामी बिरामी भइरहन्थ्यौं, अस्पताल टाढा थियो, चामल ल्याउन पनि २४ घण्टा लाग्थ्यो। यस्तो कठिनाइका कारण नयाँ ठाउँ खोज्दै पोखरा आएका हौं,” प्रहरीसमक्ष उनीहरूले भनेको स्रोतले जनाएको छ।

उनीहरूले अब पोखरामै बस्न पाउने वातावरण मिलाइदिन आग्रह गरेका छन्।“हामी अब सिन्धुली फर्किंदैनौं, जे पर्ला पर्ला भन्दै यहाँसम्म आएका हौं,” एक सदस्यको भनाइ उद्धृत गर्दै एसपी ओलियाले बताए।

उनीहरूले ज्यामी कामको खोजीमा रहेको जनाउँदै भण्डारी र पौडेलको घरमा बास मागेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी परिवारको अवस्थाबारे थप निर्णय लिने तयारी गरिरहेको जनाएको छ।

उर्मिला हायूसहित परिवारमा उनकी छोरी कमला, पूर्ण हायू, बुहारी कोमल माया, छोरीहरू उषा, अस्मिता, शान्ता, ओमकुमारी, छोराहरू राजु, हिमाल, लालबहादुर, बेगबहादुर, सुवर्ण, लक्की तथा नातिनी रियासा र नाती अर्जुन छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय