latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

चार दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाका हायू परिवारका १५ सदस्य पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन्। उनीहरू पोखरा–३२, गगनगौंडास्थित चन्द्र भण्डारी र सोमना पौडेलको घरमा बाँडिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा लगेर थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक बयानमा उनीहरूले सामाजिक भत्ता लिएपछि मजदुरी गर्न पोखरा आएको बताएका छन्। कम्तीमा १५ दिन बस्ने योजनासहित सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ।

शनिबार उनीहरू लेकसाइडको होटेल जननीमा तीन वटा कोठा लिएर बसेका थिए। आइतबार चेकआउट गरेर स्थानीयको घरमा बस्न गएका थिए।

बेपत्ता भएको समाचार बाहिरिएपछि काठमाडौंमा रहेकी माइली छोरी सुजाता हायूले प्रहरीसँग सम्पर्क गरेकी थिइन्। उनले आफू श्रीमान्सहित काठमाडौंमै बसिरहेको जानकारी गराएकी थिइन्।

५२ वर्षीया उर्मिला हायूका १६ जनाको परिवार बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएको थियो। उनीहरूको एकान्त घरमा आगो निभाइएको भान्सा, खुल्ला गोठ र भोकले कराउने पाडी भेटिएपछि खोजी अभियान तीव्र पारिएको थियो।

वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनुअघि हायू परिवारले आर्थिक वर्ष ०८१/८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको सामाजिक सुरक्षा भत्ता—जम्मा १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका थिए। परिवार ऋणमा डुबेको र त्यसपछि अचानक घर छाडेको स्थानीयले बताएका छन्।

अहिले प्रहरीको अनुसन्धानपछि मात्रै उनीहरू किन बेपत्ता भए, पोखरा किन पुगे भन्ने यथार्थ खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय