latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

अमेरिकाको क्यालिफोर्निया, अल्मेडामा नेपाली युवक रमेश कुँवर मृत अवस्थामा फेला परेका छन्। ४५ वर्षीय कैलाली निवासी रमेशलाई आइतबार आफ्नै अपार्टमेन्टमा प्रहरीले फेला पारेको पारिवारिक स्रोतले जनाएको छ।

उनी जुलाई २० देखि सम्पर्कविहीन थिए। शव फेला परेको ठाउँमा रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको परिवारको भनाइ छ। रमेशले मृत्यु अघि दिदीसँग घाँटीमा समस्या भएको र काममा नगएको बताएका थिए।

करीब १७ वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएका रमेश टीपीएस स्टाटसमा थिए र ग्रिनकार्ड प्रक्रियामा रहेको बताएका थिए। परिवारले घटनाको निष्पक्ष छानबिन र अन्त्येष्टिका लागि नेपाली समुदायको सहयोग माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय