latest
विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||   
मंगलबार , भाद्र ३१, २०८२

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका हायू समुदायका एकै परिवारका १५ जनामध्ये १२ जना पोखरामा फेला परेका छन्। उनीहरू पोखरामा सुरक्षित रहेको आफन्त बच्छु हायूले पुष्टि गरेका छन्।

गत साउन ११ गतेदेखि सम्पर्कविहीन रहेका परिवारका सदस्यहरूमध्ये १२ जना पोखरामा देखिएको जानकारी आएको हो। उनीहरू केही दिनअघि पोखराको एक होटलमा बसेको खुलेको थियो। होटल सञ्चालकले उनीहरू शनिबार आएर आइतबार होटल छाडेको बताएका थिए।

आफन्त बच्छु हायूका अनुसार सम्पर्कमा आएका १२ जनाको अवस्था सामान्य छ। बाँकीबारे भने अझै यकिन विवरण आउन बाँकी रहेको छ।

यसअघि हराइरहेका सबैलाई लिएर प्रहरी र स्थानीयस्तरमा व्यापक खोजी चलिरहेको थियो। उनीहरूको भेटिएको पुष्टि भएपछि परिवार र स्थानीयमा केही राहत महसुस गरिएको छ। तर, अझै सम्पर्कबाहिर रहेका अन्य सदस्यहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय