
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट बेपत्ता भएका १५ जनामध्ये चारजना पोखरामा भेटिएका छन् । कास्कीका प्रहरी उपरीक्षक(एसपी) श्यामबावु ओलियाले पोखराको गगन गौंडा स्थित चन्द्र भण्डारीको घरमा ४ जना हायू परिवारका सदस्यहरू भेटिएको बताए ।
उनले भने, ‘चार जना एउटा घरमा बसेको खबर आएपछि त्यहाँ प्रहरी टोली पठाएको छु ।’ शनिबार राति पोखराकै होटन जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए।
त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको जानकारी आएको एसपी ओलियाले जानकारी दिए। यसअघि हायू परिवारकी माइली छाेरी प्रहरीकाे सम्पर्कमा आएकी थिइन् ।