कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल एक वर्षदेखि अमेरिका छन्। श्रीमतीलाई डिभी परेपछि गत वर्ष असारमा “केही दिनको लागि” भन्दै कार्यवाहक जिम्मेवारी महिला सदस्य लक्ष्मी गिरीलाई दिएर अमेरिका पुगेका उनी अझै फर्किएका छैनन्।

दाहालले सुरुमा दुई महिनामा फर्किने बताएका थिए। पछि ६ महिना, त्यसपछि एक वर्ष भन्दै समय मागे। एक वर्ष पुग्दा पनि नआएपछि गिरीले दुईपटक जिम्मेवारी छाड्ने निवेदन दिएकी थिइन्। तर, गाउँपालिकाले वैकल्पिक व्यवस्था नभएको भन्दै उनलाई काममै राखेको छ।

पार्टीलाई जानकारी नदिई अमेरिका गएका दाहालको खातामा साउनदेखि मंसिरसम्म सात शीर्षकमा गरी १ लाख ३३ हजार रुपैयाँ सेवा सुविधा जम्मा गरिएको छ। पुसको गाउँसभामा अनुपस्थित भएपछि सुविधा रोकिएको गाउँपालिकाले जनाएको छ।

कानुन अनुसार तीन महिना अनुपस्थित भए पद स्वतः रिक्त हुने भए पनि व्यवहारमा त्यसको कार्यान्वयन छैन। स्थानीयले भने अब स्पष्ट निर्णयको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय