latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसको च्यापिएर एक बालिकाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसले ठक्कर दिँदा पाँच वर्षीया आशिका महतोको ज्यान गएको हो।

प्रहरीका अनुसार मृतक बालिका सोही स्कुलमा अध्ययनरत थिइन्। उनी ब्रहम्पुरी–७ का रमेश महतोकी छोरी हुन्। स्कुल बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले च्यापिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते बालिकालाई तुरुन्तै उपचारका लागि जीवन नारायण अस्पताल, बयलबास लगिएको थियो। तर, चिकित्सकले दिउँसो ४ बजेर ४० मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।

हाल मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय