latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएको घटनामा काठमाडौंमा बस्दै आएकी माइली छोरी सुजाता हायू प्रहरी सम्पर्कमा आएकी छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सुजाता हायू र उनका श्रीमान् आयुष श्रेष्ठले आफुहरू काठमाडौंमै बस्दै आएको र बेपत्ता भएकाहरूको खोजीमा सघाउने बताएका छन्।

बेपत्ताको सूचीमा सुजाताको नाम पनि समावेश गरिएको थियो। तर, प्रहरी अनुसन्धानका क्रममा उनी केही महिनाअघि नै काठमाडौं सरेर बसेको खुल्न आएको छ। स्थानीयले अनजानमै उनलाई पनि बेपत्ता सूचीमा राखेको प्रहरीको भनाइ छ।

एसपी सुवेदीका अनुसार, सुजाताले आफू पनि आफ्ना परिवारसँग सम्पर्कमा नआएको बताउँदै खोजी गरिदिन प्रहरीसँग अनुरोध गरेकी छन्।

स्मरण रहोस्, सोही परिवारका १६ जना साउन ११ गतेदेखि सम्पर्कविहीन छन्। उनीहरू सामूहिक रूपमा बेपत्ता भएपछि प्रहरीसहित स्थानीयस्तरमा खोजी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय