latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष घनश्याम तिवारी लुकेको आशंकामा पीडित बचतकर्ताहरूले ड्राइभरटोलमा रहेको तिवारीकी दिदी माया भट्टराईको घरमा रातभर धर्ना दिएका छन्। धर्ना आइतबार राति ११ बजेदेखि सुरु भई सोमबारसम्म जारी रह्यो।

अध्यक्ष तिवारी र सचिव रामबहादुर थापा एक साता अगाडि देखि फरार छन्। उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, प्रहरीले पक्राउ गर्न ढिलाइ गरिरहेको पीडितहरूको आरोप छ।

पीडितहरूले नगरप्रमुख रामकृष्ण खाँणमाथि पनि संरक्षणको आरोप लगाएका छन्। खाँणले ‘मिलेर अघि बढ्न’ सुझाव दिएपछि उनीहरू निराश बनेका हुन्।

प्रारम्भिक लेखापरीक्षणअनुसार सहकारीबाट १ अर्ब रुपैयाँभन्दा बढी अपचलन भएको देखिएको छ। सफ्टवेयरमा व्यापक हेरफेर, नक्कली ऋण प्रवाह, धितोबिनाको ऋण, सेवा शुल्क नलिएको लगायतका अनियमितता भेटिएको छ।

प्रहरीले हाल सहकारी व्यवस्थापक वसन्त पराजुलीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अध्यक्ष र सचिव भने अझै फरार छन्। पीडितहरू दोषीलाई कारबाही गरी रकम फिर्ता गराउन माग गर्दै संघर्षमा छन्।

Ask ChatGPT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय