latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको सामुहिक तस्बिर सार्बजनिक भएको छ। उक्त तस्बिर पछी उनीहरुको खोजि कार्य अलि सहज हुने अनुमान गरिएको छ ।

बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको बताईएको छ ।

बेपत्ता भएका परिवारको घरमा बस्तुभाउ सबै छन्। गाउँलेले उनीहरूलाई बिहीबारदेखि नै नदेखेको बताएका छन्।

हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो।

यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। हायुको घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए।

उनीहरूले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न जान्थे। तर, बिहीबारदेखि उनीहरू भैँसीलाई घाँस हाल्न नगएपछि गाउँले सोमबार बिहान घरै पुगेर हेर्दा ढोका खुलै थियो। तर, मान्छे कोही पनि थिएनन्। त्यसपछि खोजी सुरु भएको हो।

बेपत्ता हुनेमा १. उर्मिला हायू (आमा-५२ वर्ष)

२. कमला हायू (छोरी-२७ वर्ष)

३. कोमल माया हायू (बुहारी-२३ वर्ष)

४. उषा हायू (छोरी-२२ वर्ष)

५. सुजता हायू (छोरी-२२ वर्ष)

६. अस्मिता हायू (छोरी-१८ वर्ष)

७. शान्ता हायू (छोरी-१२ वर्ष)

८. राजु हायू (छोरा-२९ वर्ष)

९. हिमाल हायू (छोरा-२४ वर्ष)

१०. लालबहादुर हायू (छोरा-१६ वर्ष)

११. बेगबहादुर हायू ( छोरा-१४ वर्ष)

१२. लक्की हायू (छोरा-११ वर्ष)

१३. सुवर्ण हायू (छोरा-१२ वर्ष)

१४. ओमकुमारी हायू (छोरी-१० वर्ष)

१५. अर्जुन हायू (नाती-१ वर्ष)

१६. रियासा हायू (नातिनी-४ वर्ष )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय