
मुटु हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो, जसले सम्पूर्ण शरीरमा रगत पम्प गर्छ र हामीलाई जीवित राख्छ। तर, जब यो अंग बिरामी हुन थाल्छ, यसले सम्पूर्ण शरीरलाई असर गर्छ।
मुटुमा कुनै पनि प्रकारको समस्या भएमा, शरीरले धेरै प्रकारका संकेतहरू दिन्छ, जसमध्ये केही अनुहारमा पनि देखिन्छन्।
प्रायः मानिसहरूले यी संकेतहरूलाई बेवास्ता गर्छन्, जसले पछि ठूलो समस्या निम्त्याउन सक्छ।
यदि तपाईंको अनुहारमा केही लक्षणहरू देखा पर्न थाले भने यो हृदय रोगको संकेत हुन सक्छ। यहाँ हामी बताउँदैछाैं, कुन अनुहारका लक्षणहरूले मुटुको समस्यालाई संकेत गर्दछ।
छाला फिक्का हुनु
यदि तपाईंको अनुहारको रंग फिक्का वा नीलो हुँदै गइरहेको छ भने सावधान रहनुहोस्। यो सामान्य होइन। अक्सिजनको कमीका कारण, छाला, मुख्यतयाः ओठ र आँखा वरपरको छाला, फिक्का वा नीलो हुन थाल्छ। चिकित्सा भाषामा यसलाई साइनोसिस भनिन्छ। यो एक धेरै गम्भीर संकेत हो र तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ।
अनुहारमा चिसो पसिना आउनु
सामान्य मौसममा पनि बिना कारण अनुहारमा चिसो पसिना आइरहेको छ भने यो मुटु रोगको संकेत हुन सक्छ। यस्ता लक्षणहरू शरीरमा अक्सिजनको कमी र हृदयघात हुनुअघि तनावका कारण पनि देखिन्छन्। यस्तो अवस्थामा अनुहारमा चिसो पसिना आउनु चेतावनी हुन सक्छ।
अनुहार सुन्निनु
यदि कुनै कारण अनुहारमा अचानक सुन्नियाे भने सावधान रहनु पर्छ। अनुहारमा अचानक सुन्निनु, मुख्यतया गालामा वा आँखामुनी, रक्तसञ्चारमा समस्याको कारण हुन सक्छ। जब मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन, यसको प्रभाव अनुहारमा देख्न सकिन्छ। यो सुन्निने कारण हो। त्यसैले, यदि यस्तो भयो भने, लापरवाह हुनु हुँदैन।
थकिएको अनुहार र कमजोरी
यदि अनुहार थकित रहन्छ वा खुकुलो देखिन्छ र यो कमजोरीसँगै सम्पूर्ण शरीरमा महसुस हुन्छ भने यो मुटु रोगको संकेत पनि हुन सक्छ। शरीरले पर्याप्त अक्सिजन नपाएको कारणले यी लक्षणहरू देखा पर्छन्।
बङ्गारा वा चिउँडोमा तीव्र दुखाइ
धेरै मानिसहरूलाई थाहा छ कि हृदयघातको समयमा छाती मात्र दुख्छ। तर, यो सत्य होइन। हृदयघातको समयमा, बङ्गारा, घाँटी, चिउँडो र कानमा पनि दुखाइ हुन सक्छ। विशेषगरी यदि यो दुखाइ अचानक हुन्छ र कुनै शारीरिक गतिविधि पछि बढ्छ भने, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ।