latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

झापाको दमकमा घर अगाडि पिसाब फेरेको विषयलाई लिएर विवाद हुदा तीन जना घाइते भएका छन्।

गएराति करीब साढे १० बजे दमक नगरपालिका–२ मा रहेको समीर तामाङको घर अगाडि भएको विवादले झगडाको रुप लिँदा तीन जना युवाहरू घाइते भएका हुन्।

प्रहरीका अनुसार, दमक–३ का २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बू लगायत ३/४ जना घर अगाडि हावा खाइरहेका थिए। त्यही क्रममा को १ ज ३५६५ नम्बरको म्याजिक गाडी लिएर आएका दमक–२ निवासी ३६ वर्षीय नीरज बानियासहितका युवाहरूले घर अगाडि फर्केर पिसाब फेरेको विषयमा अपशब्द प्रयोग गरेपछि विवाद सुरु भएको हो।

शब्दको दोहोरीबाट सुरु भएको विवाद हिंसात्मक झगडामा परिणत भयो।कुटपिटका क्रममा सुरज क्षेत्रीको दायाँ हातमा चोट, आदित्य लिम्बूको दायाँ खुट्टामा चोट लागेको छ। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी म्याजिक चालक नीरज बानियाको टाउको, अनुहार र दुवै घुँडामा चोट लागेको छ। उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा भर्ना गरिएको छ।

घटनाबारे खबर पाएपछि बाघखोर प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय