latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको कमलामाई नगरपालिका–५ का ५२ वर्षीय त्रिलोचनराज घिमिरे चितवनको देवघाटस्थित पुलबाट हाम फालेर बेपत्ता भएका छन्।

उनले शुक्रबार दिउँसो देवघाटस्थित पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। घटना भएको तीन दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार, घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बोटिङसहित खोजी कार्य जारी राखेको छ। तर, नारायणी नदीको तीव्र बहावका कारण खोजीमा कठिनाइ भइरहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, घिमिरे पूर्वयोजनासहित देवघाट गएका थिए। शुक्रवार बिहान सिन्धुलीस्थित आफ्नो फलफूल पसल खोलेर उनले बलेरो जिप बुक गरी देवघाट पुगेका थिए।

देवघाट पुगेपछि उनले वृद्धाश्रम, गुरुकुल र भक्तजनका लागि भोजनको व्यवस्था गरेका थिए।
रोटरी करुणालय वृद्ध सदाव्रतका लेखा प्रमुख विष्णु सापकोटासँग सम्पर्क गरेर उनले बिहान र साँझको खानाको खर्च समेत आफ्नो नामबाट खुवाइदिन भनेका थिए।

उक्त दिन साँझ ४ बजे नै भोजन खुवाइदिन आग्रह गरेका घिमिरे आफैं भने त्यतिबेला आश्रममा उपस्थित थिएनन्।
तर, टेलिफोनमार्फत सापकोटासँग कुरा गरी भोजन खुवाइए/नखुवाइएकाे जानकारी लिएका थिए।

घटनाअघि उनले श्रीमतीलाई पनि फोन गरेका थिए। प्रहरीका अनुसार, उनले श्रीमतीलाई आफू देवघाटबाट देहत्याग गर्न लागेको बताएका थिए। साथै आफूले लगाएका औंठी र सिक्री घरमा राखेको जानकारी पनि दिएका थिए।

केही समयपछि उनले देवघाटको पुलमै मोबाइल छाडेर नारायणी नदीमा हाम फालेका थिए।

त्रिलोचन घिमिरेका परिवारजन, श्रीमती र छोरा पनि देवघाटमै बसेर खोजीमा सहयोग गरिरहेका छन्।
प्रहरीले सिन्धुलीदेखि चितवनसम्मको यात्राबाटै पूर्वयोजना भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको छ।

उनका आफन्तका अनुसार, घिमिरेको कुनै मानसिक समस्या वा पारिवारिक मनमुटाव देखिएको थिएन। तर पनि उनी किन यस्तो निर्णयमा पुगे भन्नेबारे प्रस्ट तथ्य खुल्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय