latest
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||   
मंगलबार , भाद्र ३१, २०८२

सिन्धुलीको गोलन्जर गाउँपालिकाका एकै परिवारका १६ जना सदस्य रहस्यमयरूपमा सम्पर्कविहीन भएका छन् ।

गोलन्जर गाउँपालिका– ६ कि उर्मिला हायुको परिवारका १६ सदस्य रहस्यमयरूपमा बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले सूत्र न्युजलाई जानकारी दिए ।

जंगलको बिचमा घर भएको र कहिलेबाट सम्पर्कविहीन भए भन्ने नखुलेको उनले बताए । ‘शुक्रबार वा शनिबारबाट उनीहरु सम्पर्कविहीन भएको अनुमान गरिएको छ,’ उनले सूत्र न्युजलाई भने, ‘अरुले आज (सोमबार) थाहा पाएका हुन् । यसपछि हामीलाई खबर आयो । अहिले प्रहरी त्यहाँ (उर्मिलाको घर भएको स्थान) पुगेको छ ।’

हायु सीमान्तकृत समुदायमा पर्छ । राज्यले उनीहरुलाई जनही मासिक ४ हजारका दरले भत्ता उपलब्ध गराउने गरेको छ । उनीहरु १६ जनाले ३ महिनाको १ लाख ९२ हजार भत्ता बुझेका थिए ।

त्यसपछि उनीहरु सम्पर्कविहीन भएका हुन् । ‘उनीहरुले करिब २ लाख सामाजिक सुरक्षा भत्ता बुझेका थिए । त्यसपछि उनीहरु बेपत्ता भएका हुन्,’ अध्यक्ष बरालले भने, ‘उनीहरु कतै गएका हुन् वा केही भएको हो, यसबारे बुझ्ने काम भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय