latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
मंगलबार , भाद्र ३१, २०८२

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्ष १ अर्ब ३८ करोड कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा उच्च गिरावट आएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १२ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ६१ करोड छ ।

बैंकले लोन लस प्रोभिजनवापत २ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ, अघिल्लो पटक यस्तो प्रोभिजन रकम ७२ करोड थियो । बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ३८ रुपैयाँ ४४ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २६ पैसा छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक छ ।

प्रतिसेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने रिजर्भमा १७ अर्ब ५५ करोड छ ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । आघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ०.११ प्रतिशत रहेकोमा अहिले १.७४ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह ३.९५ प्रतिशत मात्रै बढेको छ । असार मसान्तसम्म कुल २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय