latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

लागुऔषध कारोबारीलाई समात्ने प्रयासमा दाङको तुलसीपुरमा एक प्रहरी गम्भीर रूपमा घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ हवल्दार देव बहादुर बराइली आइतबार दिउँसो मोतिपुरस्थित जंगलमा चलाइएको प्रहरी अपरेसनमा घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार, लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएका बराइलीसहितको टोली दिउँसो करिब २:३० बजेतिर मोतिपुर पुगेको थियो।

प्रहरीका अनुसार, भिरालो जंगलको बीचमा तीन जना लागुऔषध कारोबारीहरू ‘ब्राउन सुगर’ बिक्री गर्दै थिए। प्रहरी टोलीले उनीहरूलाई रंगेहात समाउने प्रयास गर्दा एकजना फरार भए भने बाँकी दुईजनाले केही लागुऔषध फालेर केही मुखमै हालेर भिरबाट हाम फाले।

उनीहरूलाई नछाड्ने अठोटसाथ बरिष्ठ हवल्दार बराइली पनि उनीहरूकै पछि भिरबाट हाम फाले। दुईजनालाई तत्काल समात्न सफल भए पनि गम्भीर चोट लागेका कारण बराइली उठ्न नसक्दा दुबैजना भाग्न सफल भएका थिए।

एकजना भने पक्राउ परेका छन्। उनको साथबाट केही परिमाणमा लागुऔषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ। फरार दुईजनाको खोजी कार्य जारी रहेको र सबैलाई पक्राउ गरेपछि मात्र पहिचान सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

बरिष्ठ हवल्दार बराइलीको खुट्टाको लिगामेन्टमा चोट देखिएकोले अहिले चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेका छन्। लामो समयदेखि तुलसीपुर क्षेत्रमा कार्यरत बराइली लागुऔषध कारोबार, चोरी, लुटपाट, हतियार आक्रमणलगायतका घटनामा संलग्नलाई पक्राउ गर्ने अभियानमा अग्रपङ्क्तिमा रहँदै आएका छन्।

उनको ईमानदारिता, साहस र समर्पणका लागि प्रहरी संगठनबाट पटक–पटक सम्मानित र पुरस्कृत भइसकेका छन्। ‘देब बराइली आएपछि अपराधी डराउँछन्’ भन्ने चर्चा तुलसीपुरमा सामान्य भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय