
टिकटकबाट एकाएक चर्चामा आएका टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली अब फिल्ममा डेब्यु गर्ने भन्ने बारे चर्चा छ।
फिल्म निर्देशक तथा निर्माता किरण नेपालीले यी दुई जोडीलाई अभिनय प्रस्ताव राखेका थिए। अनि एक तस्बिर पनि सामाजिक संजालमा शेयर गरे, त्यसपछि उनीहरूले फिल्म खेल्ने चर्चा चुलियो।
निर्माता नेपालीका अनुसार आफूले राखेको फिल्म खेल्ने प्रस्तावमा आयुष र एलिजे सकारात्मक देखिएको र केही दिनमा औपचारिक सम्झौताको तयारी छ।
‘उहाँहरूलाई प्रस्ताव राखेका थियौं। सकारात्मक हुनुहुन्छ। केही दिनमा लिखित सम्झौताको सम्भावना छ’ उनले भने। नाम तय नभैसकको यो सोसल ड्रामाबाट नेपालीले निर्देशकको रुपमा डेब्यु गर्दैछन्।
यो फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन हुने किरणले बताए। अन्य कलाकारबारे पनि चाँडै टुंगो लाग्ने छन्।
आयुष र एलिजेले हालै कानूनी विवाह गरेका छन्। पाकिस्तानकी एलिजेसँग आयुषले गतवर्ष नै युएईमा इन्गेजमेन्ट गरिसकेका थिए।