
कल्पना गर्नुहोस्—एक २५ वर्षकी युवती होइन, २५ वर्षको वैवाहिक जीवन बिताइसकेकी, चार सन्तानकी आमाले अचानक आफ्नो २५ वर्षकै भतिजासँग प्रेम सम्बन्ध बाँधेर दोस्रो विवाह गरिन्! अनि त्यो पनि अदालतमा चुपचाप। सुनिन्थ्यो—“प्रेम अन्धो हुन्छ”, तर सिद्धार्थनगरको भवानीगंज गाउँले त्यसको जिउँदो उदाहरण देख्न पाए।
यो कुनै टेलिसिरियल होइन, वास्तविक घटना हो—जसले पुरै गाउँका मुख खुला बनायो, पञ्चायत बोलायो, अनि श्रीमान्को अद्भुत दरियादिली देखायो!
सबै थालिएको थियो, जब ती ४१ वर्षीया महिलाको घरमा उनका भतिजा आउन थाले। सामान्य भेटघाट, कुराकानी हुँदै प्रेमसम्म पुग्न धेरै समय लागेन। युवक २५ वर्षका थिए—अनि भाउजूसँगैको सम्बन्धमा जकडिए।
२०२४ मा ती दुबैले अदालत पुगेर चुपचाप विवाह गरे। न त बाजा, न बारात—सिधै साइन र साथ!
त्यसपछि महिलाले श्रीमान् र चार सन्तानलाई छोडेर प्रेमीसँग बस्न थालिन्।
गाउँमा बबाल मच्चियो। पञ्चायत बस्यो। “भाउजूसँग बिहे गरेछ भनेर सुन्नै लाज भयो!” भन्नेहरू थुप्रै थिए। तर महिला अडिग थिइन्—“म उनीसँग खुशी छु, बस्न चाहन्छु।”
श्रीमान् पनि कम दरियादिल नपार्दा हुन्!
उनी पञ्चायतमा उभिएर भने — “उनी आफ्नो निर्णयमा स्वतन्त्र छिन्, अब म उनलाई बाँधेर राख्दिन।”
सामान्यतया यस्ता घटनामा आक्रोश, रिस, र प्रतिशोध देखिन्छ। तर यहाँ श्रीमान्ले बडो संयमतापूर्वक प्रतिक्रिया दिए। समाजका लागि त्यो आश्चर्य थियो—प्रेमी युगलका लागि राहत।
भवानीगंज प्रहरी चौकीमा ती महिला आफैं पुगिन्, विवाह प्रमाणपत्र देखाइन्, अनि भनिन्—“अब फेरि म प्रेमीसँगै जान्छु।”
प्रहरीले कागजात हे-र्यो, कानुनी प्रक्रिया पुर्यायो, अनि “जसलाई मन लाग्छ, उसैसँग बस्न पाइन्छ” भन्दै विदा गर्यो।