latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

चौदण्डीगढी नगरपालिका–९ हडियामा दुई सन्तानकी आमामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिद्धेश्वरी माध्यमिक विद्यालय हडियाका ४८ वर्षीय शिक्षक गजेन्द्र गिरी रहेका छन्।

पीडित महिलाले असार १७ गते गिरीले डर, त्रास र धाकधम्की देखाउँदै चौदण्डीगढी नगरपालिका अन्तर्गत बेल्टार बजारस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लगाएकी हुन्। उनका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा रहेका छन्।

साउन १० गते इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएपछि प्रहरीले गिरीलाई शनिवार पक्राउ गरी आइतबार जिल्ला अदालत उदयपुरमा पेस गरेको हो। अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बविन राईले जानकारी दिए।

इन्स्पेक्टर राईका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमै गिरीले पीडित महिला मात्र नभई उनका वहिनीसम्मलाई समेत हप्क्याउने, धम्क्याउने र मानसिक यातना दिने गरेको खुल्न आएको छ।

यसबीच, केही स्थानीयले भने सम्बन्ध आपसी सहमतिमा भएको भन्दै पछि विवाद उत्पन्न भएर उजुरी दिइएको दाबी गरेका छन्। यद्यपि, प्रहरीले सहमतिको विषयमाथि पनि अनुसन्धान जारी रहेको बताएको छ।

सामुदायिक विद्यालयका शिक्षकजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिमाथि यस्ता गम्भीर आरोप लाग्नु शैक्षिक क्षेत्रको नैतिकतामाथि ठूलो प्रश्न उठाएको स्थानीय अभिभावकले टिप्पणी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय