latest
नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त  ||    पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण नभएको भन्दै सफाइ दिने अदालतको फैसला  ||    खुस्कियो यी मन्त्रीको कुर्सि  ||    रास्वपाका यी नेताले गरे पार्टीकै बदनाम, बौद्धको घटनाले पुगे प्रहरी खोरमा  ||    गोमालाई सित्तैमा एमबीबीएससम्म पढाइदिने मनकारी व्यक्ति को हुन् ?  ||    चिनिया पुरुष अनि नेपाली युवती ललितपुरमा घर भाडामा लिएर गर्थे यस्तो धन्दा  ||    रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए  ||    यी हुन् एलिनालाई कमेन्ट गर्दा पक्राउ परेका कबि गुन्जन राई  ||   
शुक्रबार , असार २०, २०८२

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् ।

आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।


सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’ पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ । निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय