latest
बुधबार राति करिब १० बजे २२ वर्षीया श्रीमतीको हत्या  ||    चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद  ||    बिहान पशुपतिमा पैसा बाँडे, साँझ प्रहरी फन्दामा परे, टिकटकमा यस्तो भिडियो हालेपछि निगरानीमा थिए चक्रे  ||    चक्रे मिलनलाई हिजो पक्राउ नगरेको भए एलओडीमा हुन सक्थ्यो ठुलो झडप  ||    यसरि एकैरातमा गुण्डा नाईके चक्रे मिलन सहित ४७ जना गुण्डा पक्राउ परे  ||    भोलि देखि देशभरि भारि बर्षा हुने  ||    Breaking: काठमाडौँमा ‘गुण्डा अपरेसन’: चक्रे मिलनसहित ४७ भन्दा बढी गुण्डा पक्राउ  ||    इन्काउन्टरमा मारिने डरले बुलेटप्रुफ ज्याकेट, कोई बोल्योकी गोदी हाल्ने  ||   
शुक्रबार , साउन १७, २०८२

पाकिस्तानको सिन्ध प्रान्तकी चर्चित कन्टेन्ट क्रिएटर समीरा राजपुत हालै आफ्नो घरमा मृत फेला परेकी छन्। टिकटकमा उनका ५८ हजार बढी फलोअर रहेका थिए।

पाकिस्तानको जियो न्युजका अनुसार, राजपुतकी १५ वर्षीया छोरीले आफ्नी आमालाई विवाहका लागि लामो समयदेखि दबाब दिइरहेका व्यक्तिहरूले विष खुवाएर हत्या गरेको आरोप लगाएकी छिन्।

यस घटनामा बाबु राजपुत र मोहम्मद इमरान नामका दुई जनालाई हिरासतमा लिइएको छ। तर हालसम्म कुनै एफआईआर दर्ता गरिएको छैन।

घोट्की प्रहरीले जियो न्युजलाई दिएको जानकारी अनुसार, राजपुतको पोस्टमार्टम रिपोर्टले उनको मृत्यु विषका कारण भएको पुष्टि गरेको छ। यद्यपि, प्रहरीले थप फरेन्सिक परीक्षण जारी रहेको र घटनामा आपराधिक संलग्नता भए/नभएकोबारे अनुसन्धान गरिरहेको जनाएको छ।

राजपुतको मृत्यु महिला इन्फ्लुएन्सरहरूलाई निशाना बनाइएको हिंसात्मक घटनाहरूको शृङ्खलाको पछिल्लो कडी हो। गत महिना मात्रै, इस्लामावादमा १७ वर्षीया टिकटक स्टार सना युसुफको उनलाई दुर्व्यवहार गरिरहेका एक व्यक्तिले गोली हानी हत्या गरेका थिए।

त्यसैगरी, जनवरीमा क्वेटामा १५ वर्षीया हिराको टिकटक अकाउन्ट हटाउन नमान्दा उनका बुबा र काकाले हत्या गरेको आरोप लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय