latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

दुबईमा रहेका देवर अपहरणमा परेको भन्दै ह्वाट्सएपमार्फत धम्की दिएर एक महिलाबाट ८० हजार रुपैयाँ असुलिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पीडित महिलालाई अपरिचित नम्बरबाट ह्वाट्सएपमा सम्पर्क गरी ‘तिम्रो देवर दुबईमा अपहरणमा परेको छ, तत्काल पैसा नपठाए ज्यान खतरामा पर्छ’ भन्दै आतङ्कित बनाइएको थियो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अपहरणकारीको धम्की र त्रासका कारण महिलाले दुई पटकमा गरी ८० हजार रुपैयाँ पठाएकी थिइन्।

‘अपहरणकारी’ले महिलालाई फोनसमेत राख्न नदिई निरन्तर धम्की दिएकाले उनले कसैसँग सल्लाह गर्ने मौकासमेत पाइनन्। ‘फोन राखे तिम्रो देवर बाँच्दैन’ भन्ने धम्कीपछि उनी रकम पठाउन बाध्य भइन्।

रकम पठाइसकेपछि देवरसँग सम्पर्क गर्दा मात्र आफू ठगिएको थाहा पाएपछि उनी साइबर ब्युरोमा उजुरी दिन पुगेकी थिइन्।

यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको आचार्यले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय