latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनी ७६ वर्षका थिए।

गुरुङको निधन आज (शनिबार) बिहान ८ बजे भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा भएको हो। विगत केही समयदेखि क्यान्सर रोगसँग जुझिरहेका उनी घरमै उपचार गराइरहेका थिए।

कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। त्यसअघि उनले भूमि आयोग नवलपरासीको अध्यक्ष भएर पनि काम गरेका थिए।

नेपाली कांग्रेस विभाजनको समयमा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति रहेका थिए। विसं २०४६ को जनआन्दोलन परिचालन समितिमा समेत संलग्न भएका गुरुङले कांग्रेसको विभिन्न तहमा रहेर पार्टी र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

गुरुङको जन्म विसं २००६ मा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–ल्वाङघलेलमा भएको थियो। पछि उनी चितवन बसाइँसराइ गरी आएका थिए।

उनका एक छोरा विदेशमा रहेका छन्। परिवारका अनुसार छोराको उपस्थितिमा आइतबार अन्त्येष्टि गरिनेछ।

नेता गुरुङको निधनप्रति नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दल र सामाजिक व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय