latest
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री  ||    रामहरिलाई प्रधानमन्त्रीको जवाफ- सबै जिल्ला सदरमुकाममा पक्की बाटो पुर्‍याउँछु  ||    कांग्रेस-एमाले गठबन्धनको औचित्य सकियो, समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव  ||    वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सेवामा जोड  ||    रास्वपाबारे प्रचण्डले भने– अहिले कुनै टिप्पणी गर्दिन, पछि सबै थाहा पाउँछ  ||    आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री  ||    प्रचण्डले भने– रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छु  ||    Breaking: कोरोना संक्रमणबाट १ जनाको मृत्यु  ||   
मंगलबार , असार १०, २०८२

मौसम प्रतिकूल हुँदा वा प्राविधिक समस्या आउँदा विमान आकस्मिक अवतरण गराउनु परेका घटना त सुनिरहेकै हुन्छौँ। तर सँगै हवाई यात्रा गरिरहेका श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण हवाईजहाज आकस्मिक अवतरण गराउनुपरेको घटना सुन्दा अचम्म लाग्न सक्छ।

तर आयरल्यान्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा यस्तै घटना भएको छ।

घटना गत शुक्रबार साँझको हो। उक्त विमान आयरल्यान्डको डब्लिनबाट स्पेनको मल्लारोका जाँदै थियो। जसमा यात्रारत एक जोडी पति–पत्नीबीच यति चर्काे विवाद भयो कि आपसमा कुटाकुट नै गर्न थाले।

झगडाले हिंसात्मक रूप लिन थालेपछि चालक दलका सदस्यले रोक्ने प्रयास गरे तर सकेनन्। त्यसपछि उनीहरू आपत्‌कालीन अवस्था घोषणा गरी विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गएका हुन्।

विमान आकस्मिक अवतरण गरेपछि झगडामा संलग्न पुरुषलाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

महिलाको अनुहारमा भने केही चोट लागेका प्राथमिक उपचार गराइएको उल्लेख छ।

उनीहरूको झगडाकै कारण विमान निर्धारित समयभन्दा झन्डै २ घण्टा ढिला गन्तव्यमा पुगेको थियो।

उक्त घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय