latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

सानिमा बैंकको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो ।

बैंकले गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.५९ प्रतिशतले कम हो । बैंकको खुद ब्याज आम्दानी पनि ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने २७.६६ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६ अर्ब ५९ करोड रुपैयाँ रहेको खुद सञ्चालन आम्दानी घटेर ६ अर्ब ४३ करोड रुपैयाँमा सीमित बनेको छ ।

बैंकको रिटेन्ड अर्निङ घटेको छ भने रिजर्भको आकार बढेको छ । रिटेन्ड अर्निङ ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड रुपैयाँमा सीमित बनेको बैंकको रिजर्भका आकार भने २६.८९ प्रतिशतले बढेर ५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप संकलन बढेर १ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड रुपैयाँबाट घटेर १ अर्ब ४१ करोड रुपैयाँमा सीमित बनेको छ । यसबीचमा बैंकको लाभांश क्षमतादर पनि १७.७८ प्रतिशतबाट घटेर १०.४० प्रतिशत कायम भएको छ ।

बैंकको ग्रस एनपीएल १.७३ प्रतिशत र नेट एनपीएल ०.५१ प्रतिशत रहेको छ । नाफामा कमी आउँदा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२०.९१ रुपैयाँबाट घटेर १७.५४ रुपैयाँमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५४.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२१.३५ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५.९१ गुणा र तरलता अनुपात २९.२१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय