latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

नेपालगन्जमा एक युवतीको आफ्नै प्रेमीले हत्या गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले आफ्नी प्रेमिका १९ वर्षीया निर्मला थापाको हत्या गरेका हुन्। स्थानीयका अनुसार उनीहरू केही वर्षदेखि उक्त स्थानमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएका थिए।

दैलेख घर भई नेपालगन्जको विपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको काम गर्ने निर्मलाको स्थानीय स्वस्तिक कटेजमा काम गर्ने सुनारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता दीपक पतालीले जानकारी दिए। प्रहरीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर फरार भएका थिए।

घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा आउन लागेको जानकारी गराएका थिए। प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई प्रहरीले बीच बाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो।

अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो। मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको डिएसपी पतालीले बताए। शव पोष्टमार्टम गरेर शनिबार परिवारको जिम्मा लगाइने उनले बताए। विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन्। ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएको छ, हत्या गर्नुको एकिन कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ डिएसपी पतालीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय