latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

संसद् बैठकमा सांसद र मन्त्रीहरू निदाउनु सामान्य जस्तै भइसकेको छ । संसदमा महत्त्वपूर्ण विषयमा छलफल भइरहेका बेला पनि कतिपय सांसद र मन्त्रीहरू विषयवस्तुलाई बेवास्ता गर्दै कोही निदाउने, कोही मोबाइल चलाउने त कोही एक आपसमा गफ गर्ने दृश्यहरू सामान्य हुन थालेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै एउटा दृश्य देखियो । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु भएको केही समयमा (शून्य समय चल्दै गर्दा) बैठक कक्षमा प्रवेश गर्छन् । प्रधानमन्त्री बैठक कक्षमा पुग्दा सामान्यतया मन्त्रीहरूले उठेर नमस्कार गर्ने गर्छन् । प्रधानमन्त्रीले पनि हात जोडेरै नमस्कार फर्काउँछन् ।

तर बुधबार प्रधानमन्त्री बैठक कक्षमा प्रवेश गर्दा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ भने मस्त निन्द्रामा थिए । सञ्चारमन्त्री निदाइरहेको अवस्थामा प्रधानमन्त्री बैठक कक्षमा आइपुगेपछि सञ्चारमन्त्री गुरुङ भन्दा पछिल्लो रोमा बसेका रक्षा मन्त्री मानवीर राईले उनलाई उठाउने प्रयास समेत गर्छन् । तर मन्त्री गुरुङ बिउँझँदैनन् ।

त्यसैले होला बरु प्रधानमन्त्री आफै बोल्छन् र ‘सुत्न दिनुस्’ भन्दै आफ्नो आसनतर्फ अघि बढ्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय