latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

मंगलवार दिउँसो ठीक १२ बजे मातातिर्थकी ममता घिमिरे (नाम परिवर्तन) को ह्वाट्सएपमा आएको एक भिडियो कलले उनको संसार उल्ट्याइदियो। विदेशी नम्बरबाट आएको उक्त कल उठाउनासाथ स्क्रिनमा प्रहरी जस्तो पोशाकमा देखिएको युवकले यस्तो संवाद सुरु गर्‍यो —

“तपाईंको छोरा हाम्रो कब्जामा छ। उसले बलात्कार गरेको छ। बचाउन हो भने १० लाख तुरुन्त पठाउनुहोस्।”

शङ्का होइन, एकैछिनमा विश्वास गर्न बाध्य बनाउने अपराध शैली

अपराधीले हिन्दी मिसिएको नेपालीमा बोल्दै स्क्रिन सेयर गराउन लगाए।बैंक खातामा जम्मा ३४ रुपैयाँ देखेपछि धम्की आयो — “८ मिनेटमा पैसा पठा, नत्र तेरो छोरो मर्छ।”छोराको रोएको जस्तो आवाज, परिचित जस्तै ज्याकेट देखाएर त्रासको चरम सिर्जना गरियो।

मोबाइल अफ, परिवार आत्तियो — ममताले श्रीमानलाई खबर गर्दा उनी धादिङबाट काठमाडौं फर्किने तयारीमा
कसैलाई नबताउन चेतावनी दिइए पनि ममताले साहस गरेर प्रहरी वृत्त थानकोटमा उजुरी गरिन्। अर्कोतर्फ आफन्तहरू उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर घटनाको सम्पूर्ण जानकारी दिए।

प्रहरीको सक्रियता:
इन्सपेक्टर विदुर सिवाकोटीको नेतृत्वमा सुरु भयो ३ तहमा अनुसन्धान

मातातिर्थको घरमा टोली पुगेर सीसीटीभी अनुसन्धान

पाकिस्तानी नम्बरबाट आएको कलको विवरण संकलन

सम्भावित लोकेशन र कार्यक्रम जाँच

‘कमेडी दरबार’ सुटिङमा गएको सुराकीले मोड फेरियो
एक आफन्तले पुतलीसडकको स्टार मलमा ‘कमेडी दरबार’ नामक कार्यक्रमको सूचनाको आधार दिए। ममताकी छोरीले पनि दाजुले सोही कार्यक्रम हेर्न गएका कुरा सुनाएकी थिइन्।

प्रहरी टोली तुरुन्त स्टार मल पुग्दा रोहन दर्शकदीर्घामा बसेर कार्यक्रम हेर्दै थिए।

मोबाइल ‘फ्लाइट मोड’मा भएकाले सम्पर्क हुन नसकेको खुलासा
रोहनले प्रहरी देखेपछि डराउँदै मोबाइल अन गरे र आमालाई फोन गरे। उता आमा ममता डरले काँपिरहेकी थिइन् — जब छोरा बोल्यो, आँसु थामिन सकेन। “छोरो जिउँदो छ भन्ने खबर नै मेरोलागि पुनर्जन्म जस्तै भयो,” उनले भनिन्।

‘भर्चुअल अपहरण’ नेपालको ढोकामा
विदेशी नम्बरबाट भिडियो कल, झूटा दृश्य, डर पैदा गर्ने संवाद, फिरौती माग — साइबर अपराधको यो नयाँ शैली नेपालमा पहिलोपटक खुलेको प्रहरीको भनाइ छ।

प्रहरीको चेतावनी:
“भिडियो कलमा देखिने डरावना दृश्यमा विश्वास नगर्नुहोस्। तत्काल प्रहरीलाई खबर गर्नुहोस्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय