latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

नेपाल प्रहरीका विवादित डिएसपी दीपक खड्कासहित ११ जना प्रहरी अधिकृतलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।

नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको हो ।

सोमबार बसेको बढुवा समिति बैठकले रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो।

बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।

खड्काले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न चैत २२ मा पुगेका बेला उनको अन्तिम इच्छा सोधेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।

त्यतिबेला उनको व्यवहारको चर्को आलोचनासहित कारबाहीको मागसमेत उठेको थियो। यद्यपि, मंगलबार बसेको बढुवा समितिको बैठकले उनलाई एसपीमा सिफारिस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय