
गायक राजेशपायल राई र उनकी पूर्व पत्नी साङबुङ राईबिच मिलापत्र भएको छ । दुवैले तिनकुने स्थित प्रहरी वृत्तमा मिलापत्र गरेका हुन् । साङबुङ राजेशपायलविरुद्ध उजुरी प्रहरीमा दिएपछि दुबैलाई राखेर मिलापत्र गराएको हो ।
दुवैले आपसमा कुरा मिलाएर सहमति गरेको प्रहरी वृत्त तीनकुनेले जनाएको छ ।साङबुङको लिखित उजुरीमा राजेशपायलले आफूलाई अप्ठेरो पर्ने खालका क्रियाकलाप र हातपात गरेको तथा धाकधम्की दिएको भन्दै सुरक्षा माग गरिएको थियो ।
त्यसैबमोजिम प्रहरीले राजेशपायललाई बोलाएर छलफल गराएको हो । छलफलपछि दुवैले एक–अर्काको जीवनमा हस्तक्षेप नगर्ने र झैझगडा नगर्ने प्रतिबद्धता जनाएको प्रहरीले जानकारी दियो ।
केही दिनअघि साङबुङ अनामनगरस्थित घरमा बच्चा लिन जाँदा राजेशपायलले उनलाई दुर्व्यवहार गरेको समाचार मिडियामा छाएको थियो । राजेशपायल र साङबुङका एक मात्र सन्तानका रूपमा नाबालक छोरा छन् । छोरा साङबुङसँग भए पनि उनको सबै खर्च राजेशपायलले गर्छन् ।