latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

म आफु पनि भ्रस्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न भन्ने नारा लिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘काण्डैकाण्ड’ले बदनाम भएको छ । ओली सरकारका मन्त्रिहरु एक पछी अर्को घुस काण्डमा मुछिएपछी वर्तमान सरकार बदनाम भएको हो ।

सम्भबत यो सरकार नै यति धेरै मन्त्रिहरु काण्डमा फसेको पहिलो सरकार हो ।गत वर्ष असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।


जनतामा आशा जगाउने भनेर संसद्का दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षा अनुसारको परिणाम दिन नसकेको भन्दै असन्तुष्टि देखिएको छ।

मन्त्रिपरिषद्का अधिकांश सदस्य एकपछि अर्को गर्दै विभिन्न काण्डमा मुछिँदै आएका छन्। सुशासनको नाममा कुशासन बोकेको भन्ने आलोचनाबीच प्रधानमन्त्री ओली आफैँ ’स्पेन काण्ड’ मा विवादित बनेका छन्।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिँदा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलको अडियो सार्वजनिक भएको छ। यसै प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडियो सार्बजनिक भएको छ ।

काण्डमा मुछिएका मन्त्रीहरूको चर्तिकला संसदमै उजागर भइरहेको छ। विपक्षी दलले संसदमा लगातार प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री ओली भने उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा व्यस्त छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय