latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
मंगलबार , भाद्र ३१, २०८२

प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।

बैंकले गत आवको चौथौ त्रैमाससम्ममा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले २८ करोड २ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा १२ अर्ब २ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको १० अर्ब ६ करोड रुपैयाँको तुलनामा १९.४३ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत १ अर्ब ९१ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि १०३.१६ प्रतिशतले बढेर १४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

बैंकले कर्मचारीका लागि ४ अर्ब ७६ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको खर्च गरेको छ ।

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १ अर्ब २३ करोड रहेको छ । बैंकको रिजर्भको आकार १६.१४ प्रतिशतले बढेर ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ र लाभांश क्षमता दर ५.३० प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा अनुपातमा सामान्य कमी आएको छ । अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.७८ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानीमा उछाल आएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्ममा १.१९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर १९.०३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.६० गुणा र तरलता अनुपात ३४.३९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय