
वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। राव विगत केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
बीबीसी तमिलका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।
श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्।
तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरूले श्रीनिवास रावको निधनमा शोक व्यक्त गरेका छन्।
पद्मश्री पुरस्कार विजेता श्रीनिवास राव पनि विधायक भइसकेका छन्।